विद्यार्थीलाई अभिमुखीकरण


बर्दिया – माइती नेपाल, बर्दियाले ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विद्यालयस्तरीय अभिमुखीकरण गरेको छ ।
माइती नेपालले श्री बंगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा नौ कक्षाका विद्यार्थीलाई महिला दिवसको सान्दर्भिकता, महिला तथा बालबालिकामाथि हुने शोषण एवं हिंसा न्यूनीकरणका सवालमा अभिमुखीकरण गरेको हो । सो अवसरमा श्रम शोषण, यौन शोषण, मानव बेचबिखन, लैंगिक हिंसाविरुद्ध विद्यमान अवस्था, कानुनी अवस्थाका बारेमा अवगत गराइएको थियो ।
विद्यालयका प्रधानाध्यापक मतिराम शर्माले आज पनि श्रम तथा यौन शोषणका घटना भइरहेकाले विद्यार्थी, शिक्षक, अभिभावकसमेत यसका विरुद्धमा लाग्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । विद्यार्थीहरु दिपासा थापा, खगेन्द्र पोखरेल, पूजा ठाकुर, अभिनन्दन सुवेदीले यस्ता खालका कार्यक्रम विद्यालयमा भइरहनु पर्ने बताउनुभयो ।
माइती नेपाल, बर्दियाकी संयोजक गायत्री रिमालले सहजीकरण गरेको कार्यक्रममा विद्यार्थीलाई सिकेका कुरा साथीसंगी, अभिभावक र समुदायमा फैलाउन आग्रह गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !