बृहत स्वास्थ्य शिविर

नेपालगञ्ज – लायन्स क्लब अफ नेपालगञ्ज सिद्धिविनायकको आयोजना र निरामय मेडिको सेन्टर, राँझाको सहकार्यमा बृहत् स्वास्थ्य शिविर गरिएको छ ।
शिविरमा आर्मी हस्पिटल इमाम नगर राँझाका वरिष्ठ फिजिशियन डा. रविन्द्रजंग रायमाझी, मेडिकल अफिसर डा. बुद्धिमान तामाङ, भेरी अस्पताल नेपालगञ्जका डा. रत्नवीर सुनार, मेडिकल कलेज कोहलपुरका डा. गोमा रिमालले नेपालगञ्ज वडा–२०, एयरपोर्टमा पाँच सयबढी बिरामीको स्वास्थ्य परीक्षण गर्नुभयो ।
स्वास्थ्य परीक्षणकै क्रममा एक सय बढी बिरामीलाई विशेषज्ञ सेवाका लागि भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज ‘रिफर’ गरिएको छ ।
फिजिसियन, स्त्री रोग, इसिजी, सेवा र आवश्यक औषधीसमेत निःशुल्क प्रदान गरिएको उक्त शिविरमा विपी, सुगर, दम र हाडजोर्नीका बिरामीहरु बढी देखिएको जनाइएको छ ।
कार्यक्रममा लायन्स क्लब अफ नेपालगञ्ज सिद्धिविनायक र निरामय मेडिको सेन्टरका स्वयंसेवकहरुले बिरामीहरुको उपचारलाई व्यवस्थित गरेका थिए ।
क्लबका अध्यक्ष शिवेन्द्र भण्डारी, मुकुट ढकाल, चिरञ्जीवी ढकाल, प्रदिप गौचन, उत्तरकुमार गौतम, जगन्नाथ कंडेल, अब्दुल वाहिद मंसुरी, सूर्यकुमार श्रेष्ठ, रविन्द्र लामिछाने, डिल्ली राज रेग्मीलगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !