गृहमन्त्रीलाई १४ बुँदे ज्ञापनपत्र


नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
संघका अध्यक्ष टंकबहादुर धामी, महासचिव भीमबहादुर रानाभाटले गृहमन्त्री श्रेष्ठलाई ज्ञापन बुझाएका हुन् ।
संघले लामो समयदेखि भारतमा किनमेल गर्न जानेलाई कडाई गर्न आग्रह गरेको छ । भारतीय बजारमा किनमेल गरेर आउनेलाई कडाई नहुँदा राजश्व चुहावट भइरहेको संघका अध्यक्ष धामीको भनाई छ ।
संघले सय रुपैया भन्दा माथिको सामान ल्याउदा भन्सारको दायरामा ल्याउन अनुरोध गरिरहेको छ ।
संघले नाकामा स्क्यानर र फेस रिडर राख्न अनुरोध गरेको छ । नेपालबाट भारतमा किनमेल गर्न जानेको परिचय खुल्ने कागजात हेर्न अनुरोध गरिएको छ । संघले विशेष गरेर सरकारी गाडीमा किनमेल गर्न जानेलाई कडाईका साथ कारबाही गर्न माग गरेको छ ।
ज्ञापन पत्र बुझेपछि गृहमन्त्री श्रेष्ठले राजश्व चुहावट रोक्ने सवालमा गुणात्मक सुधार आएको पुष्टि गर्न सम्बन्धित निकायका अधिकारीलाई आग्रह गरेको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !