प्याव्सन फुटसलमा जीभीएन तृतिय

नेपालगञ्ज – दाेस्राे प्याव्सन फुटसल प्रतियाेगितामा जीभीएन स्कुल प्लस टु छात्र, छात्रा र स्कुलस्तरकाे छात्रामा तृतिय भएकाे छ ।

तृतिय स्थानका लागि भएकाे खेलमा जीभीएन प्लस टु छात्रले ब्राइटल्याण्डलाई २-१ गाेल, प्लस टु छात्रामा युनाइटेडलाई १-० गाेल र स्कुलस्तरमा जय बागेश्वरीलाई १-० गाेलले पराजित गरेकाे थियाे ।

प्रतियाेगिताकाे प्लस टुकाे छात्रमा अादर्श र हाेलिल्याण्ड फाइनलमा पुगेका छन् । अादर्शले युनाइटेडलाई ५-३ गाेल र जीभीएनलाई ४-२ गाेलले पराजित गरेकाे थियाे ।

हाेलिल्याण्डले ट्राइबेकरमा ब्राइटल्याण्डलाई २-१ गाेलले पराजित गरेकाे थियाे । यी दुईकाे निर्धारित समयमा १/१ गाेल भएकाे थियाे ।

प्लस टु छात्रामा नेपालगञ्ज माेडेल र हाेलिल्याण्ड फाइनलमा प्रवेश गरेका छन् । माेडेलले जीभीएनलाई १-० गाेल र हाेलिल्याण्डले युनाइटेडलाई १-० गाेलले पराजित गरेकाे थियाे ।

स्कुलस्तरमा नेपालगञ्ज माेडेल र फ्लाेरिड फाइनलमा पुगेका छन् ।

माेडेलले जीभीएनलाई १-० गाेल र फ्लाेरिडले जयबागेश्वरीलाई २-० गाेलले पराजित गरेकाे थियाे ।

शिक्षक (पुुरुष) मा अादर्श र नेपालगञ्ज माेडेल विजयी भएका छन् । अादर्शले भेरी स्कुललाई ट्राइबेकरमा ४-३ गाेलले पराजित गरेकाे छ । निर्धारित समयमा २/२ गाेल भएकाे थियाे । माेडेलले जयबागेश्वरीलाई ३-१ गाेलले पराजित गरेकाे छ ।

शिक्षक (महिला) मा पशुपति र नेपालगञ्ज माेडेल विजयी भएका छन् ।

पशुपतिले जयबागेश्वरीलाई २-० गाेल र नेपालगञ्ज माेडेलले जीभीएनलाई ट्राइबेकरमा १-० गाेलले पराजित गरेकाे थियाे । यी दुईकाे निर्धारित समयमा गाेलरहित भएकाे थियाे । फाइनल चरणका सबै खेल साेमबार हुनेछ ।


error: यो सुविधा उपलब्ध छैन !