बालबालिकाको सर्वाङ्गिण विकासका लागि खेलकुद


नेपालगञ्ज – मन्टेश्वरी एसोसिएसन बाँकेको आयोजनामा बाँके जिल्ला स्तरिय खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।
बाँकेको कोहलपुर १३ बिगाहा खेल मैदानमा माघ २५ गतेदेखि शुरु भएको उक्त खेलकुद कार्यक्रम माघ २७ गते शनिबार सम्पन्न भएको हो ।
बाँके जिल्लाका ७ वटा मण्टेश्वरी स्कुलका विद्यार्थीहरु सहभागी भएको सो कार्यक्रममा १६ वटा खेलहरु खेलाइएको थियो ।
हरेब विद्यालयबाट २५ जना गरि १७५ जना विद्यार्थीको सहभागिता रहेको थियो । लिटिल होराईजन मण्टेश्वरी, क्रियटिभ चिल्ड्रेन होम, मोडर्न क्रियटिभ चिल्ड्रेन जोन नेपालगञ्ज, नोबेल प्री–मण्टेश्वरी, स्माल ह्याभेन मण्टेश्वरी, दोश्रो पाईला मण्टेश्वरी कोहलपुर र ग्रेस प्री मण्टेश्वरी वैजनाथका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
मन्टेश्वरी एसोसिएसन बाँकेका सचिव खिमा थापाले बालबालिकाहरुको मानसिक, शारीरिक तथा सर्वाङ्गिण विकासका लागि टेवा पुर्याउने उद्देश्यले आयोजित खेलकुद कार्यक्रममा प्रतिष्पर्धात्मक नभई सहभागितात्मक भएको जानकारी दिंदै कार्यक्रममा सहभागी ७ वटै मण्टेश्वरी स्कुलका बालबालिकाहरुले एकल र सामूहिक नृत्य पनि प्रस्तुत गरेको बताउनु भएको थियो ।
कार्यक्रमका सहभागी बालबालिकाहरुलाई प्रमाण–पत्र तथा पदक नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखाका अधिकृत लोकेन्द्र बहादुर शाही, कोहलपुर नगरपालिका नगर शिक्षा अधिकृत रबिलाल मिजार, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह लगायतले प्रदान गरेका थिए ।
मन्टेश्वरी एसोसिएसन बाँकेका सचिव खिमा थापाले सञ्चालन गरेको समापन कार्यक्रममा स्वागत मन्तव्य संयोजक तथा मण्टेश्वरी एसोसिएसन बाँकेकी कोषाध्यक्ष सीता पौडेलले व्यक्त गर्नु भएको थियो ।
मन्टेश्वरी एसोसिएसन बाँकेका अध्यक्ष दुर्गा बजगाईंको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कार्यक्रममा संस्थापक अध्यक्ष लुना बुढाथोकी, नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा अधिकृत लोकेन्द्र बहादुर शाही र कोहलपुर नगरपालिका शिक्षा शाखाका अधिकृत रबिलाल मिजारले मण्टेश्वरी एसोसिएसन, बाँकेले बालबालिकाहरुको मानसिक, शारीरिक तथा सर्वाङ्गिण विकासका लागि टेवा पुर्याउने उद्देश्यले आयोजना गर्दै आएको कार्यक्रमको सराहना गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !