३९ ठाउँमा हाइमाष्ट लाइन जडान गरिदै

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका तीन दर्जन बढी स्थानमा हाईमाष्ट लाईट जडान गर्ने भएको छ । नगरको वीपीचोकमा जडान गरिएका जस्तै थप स्थानमा हाईमाष्ट लाईट जडान गर्न लागिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणा नेतृत्वको जनप्रतिनिधि र प्राविधिक सहितको टोलीले हाईमाष्ट लाईन जडान गरिने क्षेत्रको स्थलगत अनूगमन गरि रेखांकन गरेको छ ।
नगर प्रमुख राणाका अनुसार, नगरका ३९ वटा स्थानमा हाईमाष्ट लाईन जडान गर्ने तयारी भएको छ ।
उपमहानगरपालिकाका सबै वडा समेटेर प्रमुख चोकहरुमा हाईमाष्ट लाईट जडान हुने भएको छ । हाईमाष्ट लाईटका लागि टेण्डर भइसकेपछि छिटो काम सुरुवात गराउनका लागि बिहीबार नगर प्रमुख राणा कार्यालय समयपछि प्राविधिक कर्मचारी र जनप्रतिनिधिसहित रेखांकनका लागि आफै पुग्नुभएको हो । प्रमुख राणासँगै वडा नम्बर ४ का अध्यक्ष मो. सफिक वेहना, वडा नम्बर १४ का वडा अध्यक्ष ओमकार मिश्रा, कार्यपालिका सदस्य कौशलकुमार धोवी र ईञ्जिनियर सुरज शर्मा रहनुभएको थियो ।
वडा नम्बर ४ का अध्यक्ष वेहनाले असार मसान्तभित्र काम सम्पन्न गर्नेगरि ठेक्का सम्झौता भएको जानकारी दिनुभयो ।
संघीय आयोजना कार्यान्वयन ईकाई अन्तर्गत हाइमाष्ट लाईट जडानका लागि तिन करोड रुपैयामा ठेक्का सम्झौता भइसकेको ईञ्जिनियर होमनाथ भुसालले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !