नेपालगञ्ज र कोहलपुरमा ‘भायनेट’

नेपालगञ्ज – इन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायनेट’ले नेपालगञ्ज र कोहलपुरमा सेवा विस्तार गरेको छ ।
‘भायनेट’ बाँकेका शाखा प्रवन्धक भानुभक्त रेग्मीले नेपालगञ्ज र कोहलपुर क्षेत्रमा सेवा बिस्तार गरेको जानकारी दिनुभयो । भायनेटले २० वर्षदेखि काठमाडौमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।
रेग्मीले भन्नुभयो, ‘हामी अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीको भन्दा निकै कम मूल्यमा तीब्र गतिको इन्टरनेट नेटटिभि सहित सेवा दिदैछौं ।’
नेट जोड्दा जडान शुल्क बापत २ हजार ५ सय बुझाउनु पर्नेछ जस मध्येमा १ हजार १ सय ३५ रुपैयाँमात्र खर्च लाग्ने र बाँकी बचेको १ हजार ३ सय ६५ रुपैयाँ ग्राहकले फिर्ता पाउने गरी धरौटीको रुपमा जम्मा हुनेछ । आगमी फागुन २० देखि नेपालगञ्जमा आयोजना गर्न लागेको क्यान ईन्फोटेकको अवसर पारेर ग्राहकले एक वर्षको नेट जडान गर्दा थप दुई महिनाको निशुल्क सेवा पाउँदैछन् । फागुन २० गतेसम्म यो नेट जडान गर्ने ग्राहकले २० गतेसम्म जडान शुल्क बाहेक अन्य कुनै शुल्क तिर्नु पर्दैन ।
क्यान महासंघ बाँके शाखाको आयोजनामा आगामी फागुन २० देखि २४ गतेसम्म नेपालगञ्जमा सञ्चालन हुने ‘क्यान इन्फोटेक’ मेलाको ‘भायनेट’ कम्युनिकेशन सिल्भर स्पोन्सरसमेत रहेको रेग्मीले जानकारी दिनुभयो ।
रेग्मीका अनुसार, भायनेटमा तीन महिनाको २० एमबिपिएस डाटालाई ३ हजार ३ सय, ३० एमबिपिएसलाई ४ हजार ५ सय, ४० एमबिपिएसलाई ५ हजार १ सय र ६० एमबिपिएसलाई ६ हजार ४ सय ५० शुल्क लाग्ने र एक वर्षको २० एमबिपिएस डाटालाई ११ हजार ४ सय, ३० एमबिपिएसलाई १३ हजार ५ सय, ४० एमबिपिएसलाई १५ हजार ३ सय र ६० एमबिपिएसलाई १९ हजार १ सय ५० रुपैयाँ शुल्क लाग्नेछ ।


error: यो सुविधा उपलब्ध छैन !