४ देखि १० गतेसम्म मेला

नेपालगञ्ज – नेपालगञ्जमा फागुण ४ गतेदेखि १० गतेसम्म प्रदेशस्तरीय प्रदर्शनी मेला लाग्ने भएको छ ।
महिला उद्यमी संघ, बाँकेका प्रथम उपाध्यक्ष निरुपमा रस्तोगीका अनुसार, महिला उद्यमीले उत्पादन गरेका सामाग्रीको बजारीकरण र प्रोत्साहनका लागि मेला आयोजना गर्न लागिएको छ ।
संघको द्वितिय उपाध्यक्ष सावित्रा बस्नेतले मेलामा बाँके, बर्दिया, दाङ, रोल्पा, प्युठान लगायत जिल्लका महिलाले उत्पादन गरेका सामाग्री प्रदर्शनीमा राखिने बताउनुभयो ।
संघको महासचिव रेवती सिंहले मेलाले महिलालाई उद्योग सञ्चालनमा प्रोत्साहन थप्ने बताउनुभयो । बागेश्वरी मन्दिरको पार्कमा मेला आयोजना गरिदैछ ।


error: यो सुविधा उपलब्ध छैन !