सुर्खेतबाट ट्याब्लेट लिन रुपैडिहा

नेपालगञ्ज – सीमावर्ती बजार रुपैडिहाबाट लागु औषधी नाइट्रोभेट ट्याब्लेट बोकेर आउदा सुर्खेतका तीन जना पक्राउ परेका छन् ।
सुर्खेतका अर्जुनबहादुर शाही, टेकराज भण्डारी र सुरजबहादुर नेपाली एक सय ५ वटा ट्याब्लेट बोकेर आउदा पक्राउ परेका हुन् । रुपैडिहाबाट ट्याब्लेट किनेर उनीहरु नेपालगञ्जमा प्रवेश गरेका थिए । बेल्टले च्यापेर नाइट्रोभेट ल्याइरहेका थिए । जमुनाहा नाकामा रहेको सशस्त्र प्रहरीको विशेष टोली र लागु औषध ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु ट्याब्लेट किन्न मात्रै नेपालगञ्ज हुँदै रुपैडिहा पुगेका थिए । प्रतिट्याब्लेट २० रुपैयाका दरले किनेर फर्किरहेको बेलामा जमुनाहा पक्राउ परेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !