प्रेस युनियनमा को भन्दा को कम, मतदानबाटै अध्यक्षको टुंगो

नेपालगञ्ज – नेपाल प्रेस युनियन, बाँकेको अध्यक्षमा तीन जनाले दाबेदारी प्रस्तुत गरिरहेपछि मतदानबाट टुंगो लगाउने प्रक्रिया अघि बढेको छ ।
चेतकान्त भट्राई, नविन गिरी र अर्जुन वलीले अध्यक्षमा दावी गरिरहेका छन् । निर्वाचन प्रक्रिया अघि बढाइरहदा सहमतिको प्रयास पनि भइरहेको छ । अहिलेसम्म कसैले कसैका लागि बाटो खाली गरिदिने अवस्था देखिएको छैन ।
साढे एक बजेदेखि मतदान प्रक्रिया अघि बढाउने तयारी भएको छ । अहिले मैदानमा देखिएका तिनै जना यसअघिको अधिवेशनमा पनि प्रतिस्पर्धामा देखिन्थे । ‘हाम्रो पालो कहिले आउने ?’ तिनै जनाले प्रश्न गरिरहेका छन् ।
प्रेस युनियनमा २ सय ७ जना मतदाता फाइनल गरिएको छ । अध्यक्षका प्रत्यासीहरु यतिबेला आफूलाई मत दिने मतदाता गन्दै अरुलाई तान्ने अभियानमा लागेका छन् । दुई सय सातमध्येमा एक सय ६० देखि ७५ जनाको मत खस्ने आकलन गरिएको छ ।
माघ २९ गते अधिवेशनको उद्घाटन भएको प्रेस युनियनको फाल्गुन १ गते बन्द सत्र भएको थियो भने आज मतदानको कार्यतालिका बनाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !