दाङ बस दुर्घटनाः मृतक सबैकाे सनाखत


नेपालगञ्ज – दाङमा बस दुर्घटनामा ज्यान गुमाएका सबै १२ जनाको सनाखत भएको छ ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार, नेपालगञ्जबाट काठमाडाैका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने १ महिना सहित ११ पुरुषको सनाखत भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा बाँके नेपालगञ्ज निवासी ६० बर्षिय कुसुम बस्नेत, मकवानपुर हेटौडा निवासी ३९ बर्षिय सौरव विष्ट, काठमाण्डौं चन्द्रागिरी नगरपालिका–१५ निवासी ६५ बर्षिय ताराकान्त पाण्डे, जुम्ला श्रीढुस्का–९ निवासी ४० बर्षिय मुनबहादुर बस्नेत, बाँके निवासी ३० बर्षिय रामबहादुर हरिजन, रुकुम गोतमकोट निवासी २५ बर्षिय दिपक कामी, भारत विहार निवासी ६७ बर्षिय योगेन्द्र राम, भारत उत्तरप्रदेश निवासी ३१ बर्षिय अतिकुल्ला खैरे, बाँके खजुरा–३ खजुरा निवासी २५ बर्षिय सञ्जय केसी, चितवन भरतपुर महानगरपालिका–२५ निवासी ३५ बर्षिय अनिल खड्का, भारत निवासी ४५ बर्षिय चेतराम सिल्पकार, बाँके खजुरा गाउँपालिका–३ निवासी २८ बर्षिय अर्जुन थापा रहेका छन् ।

लमही अस्पतालमा शवको पोष्टमार्टम जारी छ । अहिले सम्म ५ जनाको पोष्टमार्टम गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिए । बसमा चालक सहित ३७ जना सवार थिए । जसमध्ये २४ जना घाईते छन् । महिला ६ र पुरुष १८ जना घाईते छन् । घाइते मध्य चौराहा अस्पिटल बुटवलमा ८, मेडिकल कलेज कोहलपुर बाँकेमा १३ र सिटी अस्पताल बुटवलमा एक, राप्ती पोलिक्लिनिक भालुबांगमा एक, प्रास्तावित भालुबांग अस्पतालमा एक जना बिरामीको उपचार जारी छ । जसमध्ये चार जना गम्भिर छन् । ११ जना मध्यम र ९ जना सामान्य छन् । प्रहरीले बस चालक सल्यान त्रिवेणी गाउँपालिका–४ निवासी २८ बर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !