धम्बोझीमा राष्ट्रव्यापी खुल्ला ब्यायाम प्रतियोगिता हुँदै

नेपालगञ्ज – नेपालगञ्जको धम्बोझीमा राष्ट्रव्यापी खुल्ला ब्यायाम प्रतियोगिता हुने भएको छ ।
नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्स, नेपालगञ्जले धम्बोझीको एन्फा मैदानमा उक्त प्रतियोगिता गराउने भएको हो ।
नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्स, नेपालगञ्जका संस्थापक तिलक शाही, प्रकाश कठायत, रोदन गुरुङका अनुसार, प्रतियोगितामा विराटनगर, बुटवल, दाङ, चितवन, सुर्खेतलगायत ठाउँबाट ७० जना बढी सहभागी हुँदैछन् ।
शनिबार एक दिनका लागि राखिएको प्रतियोगिताको पुरुष सर्किट खुल्ला, महिला सर्किट खुल्ला र पुरुष बार खुल्लाअन्तर्गत प्रत्येक बिदामा प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्नेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद, मेडल, ट्रफी र आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
युवालाई कुलतमा लाग्न नदिन र स्वस्थ राख्न धम्बोझीमा केही वर्षदेखि खुल्ला ब्यायाम सञ्चालनमा रहेको छ ।

error: यो सुविधा उपलब्ध छैन !