भारतद्वारा भूकम्प पीडितलाई फेरि सहयोग

नेपालगञ्ज – भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणको अवसर पारेर भारतले भूकम्प पीडितलाई सहयोग गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भारतीय विदेश मन्त्रालयका कमान्डेट पञ्कज मिश्राले नेपालगञ्जमा एक समारोहका बीच विभिन्न सामान हस्तान्तरण गरेका छन् । भारतले यसअघि पनि भूकम्प पीडितलाई सहयोग गरेको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार, भारतले स्लिपिङ ब्याग दुई हजार थान, ब्ल्यांकेट एक हजार दुई सय थान, टेन्ट (सिंगल फ्लाई) ५० थान, आक्र्टिक टेन्ट सय थान, प्रिफाइभ घर २० थान भारतले सहयोग गरेको छ ।
भारतले यसअघि पटक–पटक गरेर स्लिपिङ ब्याग ५ हजार १२ थान, ब्ल्यांकेट ५ हजार ३० थान, त्रिपाल ६ सय २५ थान, टेन्ट सानो १ सय ९५ थान, टेन्ट ठूलो ३८ थान, मेडिकल सप्लाई ४ हजार ५ सय २५.६० किलो सहयोग गरेको थियो । सहयोेग हस्तान्तरण कार्यक्रममा बाँकेका सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

error: यो सुविधा उपलब्ध छैन !