भेरीकाे डिजास्टर वार्ड खाली
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जकाे डिजास्टर वार्ड खाली भएकाे छ ।
भुकम्पका घाइते डिस्चार्ज भएपछि डिजास्टर वार्ड खाली भएकाे हाे । बिरामी नभएपनि याे वार्डलाई तयारी अवस्थामा राखिएकाे छ ।
भेरी अस्पतालमा रहेका ६ जना भुकम्पका घाइतेलाई अर्थाेपेडिक वार्डमा राखिएकाे छ । याे अस्पतालमा जाजरकाेट र पश्चिम रुकुमका ५८ जना भुकम्पका घाइतेलाई ल्याइएकाे थियाे । त्यसमा एक जनाकाे मृत्यु भएकाे थियाे । ३ जनालाई काठमाडाै रिफर गरियाे भने ४८ जना डिस्चार्ज भएर घर गएका छन् । भुकम्पका फाेकलपर्सन नरेश श्रेष्ठका अनुसार, डिस्चार्ज भएका भुकम्प पीडितलाई खाद्यन्नसहित गाडीकाे व्यवस्था गरेर पठाइएकाे थियाे ।