तीन घाइतेलाई काठमाडौं रिफर
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जले भुकम्पका तीन जना घाइतेलाई काठमाडौं रिफर गरेको छ ।
भुकम्पका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, जाजरकोट, पश्चिम रुकुम र सल्यानका एक÷एक जनालाई रिफर गरिएको हो ।
जाजरकोटका जुना विष्ट, पश्चिम रुकुमका धनसिंह रावल र सल्यानका मोहन विष्टलाई रिफर गरिएको छ । सबै घाइते १८ गते भेरीमा ल्याइएका थिए । तिनै जना विरामीमा किड्नीको समस्या देखिएको छ । उनीहरुलाई काठमाडौं टिचिङ अस्पतालमा पठाइएको छ ।
भेरीमा ५३ जना घाइते आएका थिए । त्यसमा तीन जना डिस्चार्ज भएका छन् । १० जना विरामीको अप्रेसन गरिएको छ । सबैजसो खतरामुक्त रहेका छन् ।