भुकम्पपीडितलाई नरैनापुरले पठायो सहायता
नरैनापुर – बाँकेको नरैनापुर गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्पपीडिलाई २ लाख २५ हजार बराबरको सहायता सामग्री पठाएको छ ।
कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले प्रभावित क्षेत्रहरुमा बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलमार्फत सहायता सामाग्री पठाएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो ।
नरैनापुर गाँउपालिकाका प्रेस विज्ञ आलम खानका अनुसार प्रमुख प्रशासकिय अधिकृत खराल सहित वडा नं ४ का अध्यक्ष मनोज शर्मा र वडा नं। ५ का अध्यक्ष कृष्णचन्द मौर्यले प्रमुख जिल्ला अधिकारी पोख्रेललाई सहायता सामग्री सहितको पत्र हस्तान्तरण गर्नु भएको थियो ।