नेपालगञ्जमा प्रदेशस्तरीय पौडी प्रतियोगिता हुने

नेपालगञ्ज – नेपालगञ्जमा प्रदेशस्तरीय पौडी प्रतियोगिता हुने भएको छ ।
दुई हप्तअघि गठन गरिएको नेपालगञ्ज स्वीमिङ क्लवले कात्तिक २५ गते नेपालगञ्ज रंगशालामा रहेको पौडी पोखरीमा प्रतियोगिता गराउन थालेको हो ।
क्लवका अध्यक्ष केशवराज न्यौपानेका अनुसार, प्रतियोगितामा बाँके, बर्दिया, दाङ, रुपन्देही र नवलपरासीका ५६ जना खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा ८, १०, १२, १४, १५ वर्ष उमेर समूहका अतिरिक्त खुल्ला उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
क्लवका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले ८ र १० वर्ष उमेर समूहका खेलाडीले २५ मिटर र अन्य खेलाडीले ५० मिटर दुरीमा प्रतिस्पर्धा गर्ने तथा खुल्लामा बटर फ्लाई र फ्रि स्टाइलमा प्रतिस्पर्धा हुने जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन सत्रमा नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष अशोक बज्राचार्य, महासचिव जगतमान श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई सहभागी हुने आयोजकले बताएका छन् ।
प्रतियोगिताका विजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र दिइने छ । क्लवका अध्यक्ष न्यौपानेले नेपालगञ्ज रंगशालामा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने तयारी अनुरुप प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको बताए ।
क्लवका सदस्य कृष्ण अधिकारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष डा. नितेश कनोडिया, प्रशिक्षक चन्द्रराम चौधरीलगायतले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए ।

error: यो सुविधा उपलब्ध छैन !