दुई घाइते थपिए, दुई डिस्चार्ज


नेपालगञ्ज – नेपालगञ्जकाे भेरी अस्पतालमा दुई जना भुकम्पका घाइते थपिएका छन् । याेसंगै अहिले अस्पतालमा ४६ जना घाइतेकाे उपचार भइरहेकाे छ ।
भेरी र मेडिकल कलेजमा एक/एक जना गरि दुई जना डिस्चार्ज भएका छन् ।
अाज बिहान ६ बजेकाे अपडेटमा जाजरकाेट र पश्चिम रुकुमबाट ४९ जना घाइते अाएकाेमा एक जनाकाे मृत्यु र दुई जना डिस्चार्ज भएका छन् । यहाँ २६ महिला र २३ पुरुषलाई उपचारका लागि ल्याइएकाे थियाे ।
भुकम्पका फाेकलपर्सन नरेश श्रेष्ठले उपचारमा रहेका सबैजसाे घाइते खतरामुक्त रहेकाे बताए ।


error: यो सुविधा उपलब्ध छैन !