भरुवा बन्दुकसहित सरदार प्रहरी नियन्त्रणमा


नेपालगञ्ज – बांके प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएकाे छ ।
प्रहरीले डुडुवा गाउंपालिका वडा नम्बर ६, सिखनपूर्वाका २५ वर्षीय राहुलसिंह सरदारलाई बन्दुकसहित नियन्त्रणमा लिएकाे हाे ।
मादक पदार्थ सेवन गरि घरपरिवार तथा छिमेकीलाई बन्दुक देखाई डरत्रास देखाएकाे खबर पाएपछि पुगेकाे प्रहरीले राहुललाई नियन्त्रणमा लिएकाे बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले जानकारी दिए ।
गएराती ९.५० बजेदेखि प्रहरीले राहुललाई नियन्त्रणमा राखेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !