राप्तीसोनारीमा रक्त सम्राट कर्माचार्यसहित ९६ जनाले रक्तदान गरे


नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष तथा रक्त सम्राट सहित ९६ जनाले रक्तदान गरेका छन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वार्ड नं.६ वडा कार्यालयको आर्थिक सहयोगमा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारी उपशाखाको आयोजनामा “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ राप्ती सोनारी गाउँपालिका वार्ड नं. ६ वडा कार्यालयमा आयोजित वृहद् रक्तदान कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारी अध्यक्ष दिव्या गुरुङ्गको अध्यक्षतामा, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि तप्त पौडेल, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष तथा रक्त सम्राट प्रेम सागर कर्माचार्यले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगञ्जका प्राविधिक प्राविधिक होमराज गिरीलाई र महेश राना क्षेत्रीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीका सचिव सुकराम थारुद्वारा सञ्चालित कार्यक्रमको प्रारम्भमा प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले गाउँपालिका तर्फबाट रक्तदान कार्यक्रमका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा कार्यविधि नै बनाएर रेडक्रससंग समन्वय र सम्झौता गरेर निःशुल्क रगत उपलब्ध गराउन बजेट विनियोजन गर्ने बाचा पनि गर्नु भयो ।
विशिष्ट अतिथि तथा समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले हरेक स्वाथ्य व्यक्तिले ३–३ महिनामा रक्तदान गर्न सक्छ म १ सय ७६ पटक रक्तदान गर्दैछु तर, मैले आजसम्म सिटामोल पनि खाएको छैन, राप्तीसोनारी गाउँपालिकाले वर्ष कमसे कम २–३ पटक रक्तदान गर्नमा सहयोग गर्न आग्रह गर्नु भयो ।
सो अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज, बाँकेका सल्लाहकार वरिष्ठ पत्रकार पूर्णलाल चुके निःस्वार्थ भावनाले रक्तदान गर्ने स्वयम्सेवी रक्तदाताहरुले दिएको रगतको मूल्य तिर्न वाध्य हुनुपर्ने अवस्था विद्यमान भएको विडम्वना भएको चर्चा गर्दै राप्ती सोनारी गाउँपालिका अध्यक्ष र अन्य वडा अध्यक्षहरुलाई गाउँपालिकाका विरामीहरुलाई निःशुल्क रगत उपलब्ध गराउन पालिकाले पहल गर्न विशेष आग्रह गर्नु भयो ।
राप्तीसोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष तथा रक्तदाता समाजका सल्लाहकार लवराज खरेलले वडा कार्यायलले रक्तदान कार्यक्रममा सहयोग गरी रहेको र अझ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले १ सय ७६ औं पटक र केन्द्रिय सदस्य प्रवास शाक्यले ८० औं पटक र बाँके जिल्ला अध्यक्ष दिला शाहले २६ औं पटक रक्तदान गर्नु भएको छ ।
यसरी रक्तदान कार्यक्रममा कृष्णप्रसाद खत्री, सन्तोष थारु, मनोज हरिजन, अरुणकुमार यादव, रामप्रताप मौर्य, रामशंकर थारु, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीका अध्यक्ष दिव्य गुरुङ्ग, समाजका सचिव सुकराम थारु, हरिप्रसाद थारु, निमबहादुर बुढाथोकी, गिरबहादुर जिएम, प्रेमबहादुर थारु, मनोज कुमार मौर्य, रामप्रसाद थारु, गणेशबहादुर मगर, चन्द्र वीर चौधरी, रामकुमार थारु, जगबहादुर चौधरी, महेश थापा, लोकबहादुर घर्ती, गोपीलाल थारु, विनोद थारु, नारायण गुरुङ्ग, हिकमत पुन, शिवबहादुर राना, रितेष रावल, दिनेश कुमार थारु, राजकुमार पुन, गहेन्द्र थारु, टेकबहादुर घर्ती, अर्जुन थार, सीताराम थारु, प्रकाश शर्मा, कृष्ण कुमार पुन, बिष्णु पुन, सितल थारु, दिनेश थारु, श्रवण सिंह, राजु परियार, मान बहादुर बिक, आकाश परियार, उमेश पुनमगर, सूर्यबहादुर, प्रदीप परियार, डम्बर बिष्ट, सुमन रानामगर, प्रमिला चलाउने, युवराज ऐरी, लोकबहादुर पुनमगर, किशोर थापा, सुरज रेउले, बिशाल थारु, रबिन्द्र थारु, प्रेमबहादुर थारु, बीरबहादुर थारु, प्रेमकुमार चौधरी, भवानी तामाङ्ग, बिनायक राज खनाल, अर्जुमान थारु, सरपुन बुढामगर, गणेश थारु, सुस्मिता थारु, अनिल घतीृमगर, कृष्णबहादुर ओली, बिक्रम सुनार, सन्तोष थारु, प्रतिमा खरेल, मुकुन्द पाण्डे, सन्तोष थारु, देवीराम घर्ती, प्रेम बहादुर थापा, दीपक थापा, सुरेश थारु, रघु बुढामगर, मनिष तामाङ्ग, अविशेष ओली, नारायण सिंह राजबंशी, अर्जुन पुन, जिम्बु राना, पूरन रोका, हरिप्रसाद थारु, रामबहादुर थारु, लक्ष्मी थारु, मदन सिंह थारु लगायत ९६ जनाले रक्तदान गरेका छन् ।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त संचार सेवा केन्द्रका होमराज गिरी, महेश राना क्षेत्री, सुनिल रत्गैया, पुनम राना, सञ्जय बढही, बीरेन्द्र योगीले प्राविधिक सहयोग गरेका थिए ।
सो कार्यक्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि तप्त पौडेलले समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई दोसल्ला ओढाएर स्वागत गर्नुभएको थियो ।
रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय सदस्य गोबिन्द वाग्ले, बाँकेका सल्लाहकार पूर्णलाल चुके, सल्लाहकार तथा समाजसेवी माधवराम वर्मा, सल्लाहकार तथा वरिष्ठ रक्तदाता पवन जायसवाल, समाजका सचिव भिष्म लोध, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका उपाध्यक्ष अमृता केसी, कोषाध्यक्ष सुशीला थारु लगायत समाजका पदाधिकारी, स्थानीय स्वयंसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !