ब्राउनसुगरसहित पाँच जना पक्राउ

बर्दिया – प्रहरीले बर्दियाको मधुवन नगरपालिका वडा नं. ६ बाट पाँच जनालाई लागु औषधी ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
बर्दिया प्रहरीका अनुसार, मधुवन नगरपालिका वडा नं. ६ का गणेश ओली, वडा नं. ५ का माधव भण्डारी, वडा नं. ७ का सन्दीप नेपाली तथा १६ वर्षीय र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय, ढोढरीबाट गएको गस्ती टोलीले सन्दीपको साथबाट ४० मिलिग्राम, माधवबाट ३० मिलिग्राम, गणेशबाट दुई सय मिलिग्राम र २४ हजार ४ सय २६ रुपैया नगद, दुई किशोरबाट ६० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !