छोरालाई बन्धक बनाएपछि…

नेपालगञ्ज – आफ्नै नवजात शिशुलाई बन्धक बनाएर मार्ने धम्की दिएका कोहलपुरका कुशल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोहलपुर नगरपालिका वडा नं. २, दीपनगरका थापाले २० दिनको छोरालाई मार्ने धम्की दिएर कोठामा थुनेर राखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय, कोहलपुरबाट गएको प्रहरीले ढोका फोरेर बच्चाको उद्दार गर्नुका साथै थापालाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।
प्रहरीले झ्यालबाट निरन्तर सम्झाउदा पनि थापाले ढोका नखोलेपछि प्रहरीले ढोका फोरेको थियो । करिव ११ बजेदेखि थापाले परिवारका सदस्यहरुलाई बाहिर निकालेर बच्चालाई कोठामा बन्धक बनाई मार्ने धम्की दिएका थिए । प्रहरीले करिव तीन घण्टापछि बच्चाको उद्दार गरेको प्रवक्ता डीएसपी डाँगीले बताउनुभो । बच्चा उद्दार गर्ने क्रममा थापाले हानेको चक्कु कोहलपुरका डिएसपी सुन्दर तिवारीलाई सामान्य लागेको प्रहरीले बताएको छ । परिवारिक स्रोतले थापाको मानसिक स्थिति ठिक नभएको बताएको छ ।


error: यो सुविधा उपलब्ध छैन !