स्कूल बस पल्टिदा एक जनाको मृत्यु


नेपालगञ्ज – बाँकेको खजुरामा स्कूल बस पल्टिदा एक जना विद्यार्थीको मृत्यु भएको छ ।
खजुरास्थित दीपक बोर्डिङ स्कूलको ना ४ ख ६५१ नम्बरको बस सिमलघारी जाने क्रममा पल्टिएको थियो । ४० जना विद्यार्थी बोकेर खजुरादेखि सिमलघारी गइरहेको बस पल्टिदा १२ वर्षीय दीप नेपालीको मृत्यु भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।
बस सडकदेखि १५ मिटर तल खसेको थियो । बसमा रहेका आठ जना विद्यार्थी घाइते भएका छन् । उनीहरुलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !