शक्ति समूहले दियो २५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री


नेपालगञ्ज – शक्ति समूह, नेपालगञ्जले ५ वटा विद्यालयका २५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।
अप्रेशन अन्डरग्राउण्ड रेलरोडको सहयोगमा शक्ति समूहले शुक्रबार नेपालगञ्जमा मानव बेचबिखनको बदलिदो स्वरुप तथा अनलाइनबाट हुन सक्ने बाल यौन शोषण विषयक अन्तरक्रियासँगै विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।
शक्ति समूह, लुम्बिनीका प्रमुख निर्मला पौडेलका अनुसार, नेपालगञ्जका ५ वटा सामुदायिक विद्यालयहरु श्री शारदा आधारभुत विद्यालय, आदर्शनगर, श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय, जयसपुर, नेपाल राष्ट्रिय मावि, कण्ठीपुर र धम्बोझी माविका बीचैमा विद्यालय छोड्न सक्ने २५ जना विद्याथीलाई शैक्षिक सहयोग गरिएको हो । यी पाँच वटा विद्यालय नेपालगञ्ज उपमहानगरपालिकाले छनौट गरिदिएको हो । सहयोग पाउने विद्यार्थी स्कूलले छनौट गरेको थियो ।


शैक्षिक सामाग्रीमा झोला, पोशाक, जुत्ता, दुई दर्जन कपी, दुई पाकेट कलम, क्यालकुलेटर र ज्यामिती बक्स रहेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष तरुण बज्राचार्यले विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भएको थियो । शक्ति समूहले यी स्कूलमा मानव बेचबिखनविरुद्धका दश वटा कार्यक्रम गरिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !