बाँकेमा फाइजर खोप

नेपालगञ्ज – बाँकेको ६ वटा पालिकामा सोमबारदेखि कोभिड–१९ को फाइजर खोप सञ्चालन गरिएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, असोज ८ देखि १० गतेसम्म नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकामा फाइजर खोप लगाउन शुरु गरिएको छ ।
यी पालिकाका वडाहरुमा रहेका स्वास्थ्य संस्थाबाट फाइजर खोप लगाइएको छ । १२ वर्षदेखि माथिका सबैलाई खोप लगाइएको छ ।
फोकलपर्सन श्रेष्ठले कोभिड–१९ विरुद्धको फाइजर खोपको पहिलो, दोस्रो, बुष्टरको पहिलो र दोस्रो मात्रा सबै प्रदान गरिएको बताउनुभयो । फाइजरको पहिलो मात्रा १२ वर्षमाथिका सबैलाई, दोस्रो मात्रा पहिलो लगाएको २१ दिनपछि, बुष्टरको पहिलो मात्रा भने दोस्रो मात्रा लगाएको ३ महिनापछि, बुष्टरको दोस्रो मात्रा पहिलो बुष्टर लगाएको ६ महिनापछि लगाइने छ ।
कोभिडको त्रास कम भएकाले खोप लगाउनेको उत्साह भने कम देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !