क्यान्सरसँग जुध्दै कलाकार श्यामानन्द, उपचार सहयोगार्थ अपील

नेपालगञ्ज – नेपालगञ्जका स्रष्टा श्यामानन्द सिंह ठकुरी अहिले क्यान्सरसँग जुधिरहनु भएको छ ।
६९ वर्षिय वरिष्ठ कलाकार सिंहको एक महिना अघि पेटको आन्द्रामा क्यान्सर देखिएपछि अहीले विपी कोइराला मेमारियल क्यान्सर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ । हस्तकला, चित्रकला, गीत-संगीत, साहित्य र नाटय लगायतका सिर्जनात्मक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार सिंह ठकुरी यतिबेला मृत्युसँग संर्घषरत हुनुहुन्छ । सिंहले नेपालगञ्ज-९, बाँकेगाउँस्थित आफ्नो घरको दोस्रो तलाका चार कोठालाई वर्षौदेखि संग्राहलय बनाउनु भएको छ । कला पारखी, शुभेच्छुक एवं आम नागरिकका लागि उहाँले निशुल्क अवलोकनको अवसर दिदै आउनु भएको थियो । संग्रहालयमा सिंहद्धारा सिर्जित हस्तकला, चित्रकलाका सयौं सिर्जनाहरु राखिएका छन् ।
जीवन भर कला र सिर्जनामै तल्लीन ठकुरीलाई यतिबेला उपचारमा आर्थिक अभाव छ । कान्छा छोरा सागरसिंह ठुकरीका अनुसार यही हप्ताभित्र शल्यक्रिया गरिनुपर्ने भएकाले पैसाको जोहो गर्नै मुस्किल छ । सिंहको घरमा मान सम्मान, प्रमाण पत्र सयौं छन् तर यतिबेला उहाँलाई आर्थिक सहयोग चाहिएको छ । आर्थिक सहयोग गरेर बाबाको जीवन बचाइ दिन छोरा सागरले अपील गर्नु भएको छ । सहयोगका लागि श्यामानन्द सिंह, ग्लोवल आइएमइ बैंक खाता न ०२१०८०१००००२९४ र इसेवा आईडी ९८४८०१८८२७, खल्ती आईडी ९८५१०३९४२७ मा जम्मा गर्न सक्नु हुने छ ।
क्यान्सरले थलिएका ठकुरीको अन्तिम इच्छा र कामना छ – घरको संग्राहलयलाई राज्यले संरक्षण गरेर कहीं स्थापित गरिदियोस् । झन्डै सय सडक नाटक लेखन र अभिनय गरिसक्नु भएका सिंह ठकुरीले टेलिसिरियल ‘अभागन बने सुहागन’को कथा लेख्नुका साथै कलाकारको भूमिका निर्वाह गर्नु भएको थियो । सो टेलिसिरियल नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र, कोहलपुरबाट प्रसारण भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !