कोहलपुरमा ‘एचपीभी’ खोप

नेपालगञ्ज – कोहलपुरका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाइएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेसँग समन्वय गरेर कोहलपुर नगरपालिकाले १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई खोप लगाएको हो ।
यो खोप नेपालगञ्जको भेरी अस्पतालमा लगाइरहेको छ । भेरी अस्पतालबाहेक कोहलपुर नगरपालिकाले पहिलो पटक खोप लगाएको छ । कोहलपुरका दुई सय किशोरीलाई खोप लगाउने काम भइरहेको छ । स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख सुनिता पौडेलका अनुसार, कोहलपुरमा एक दिनमात्रै खोप लगाइने छ ।
कोहलपुरका उपमेयर संगीता सुवेदीले महिलामा पाठेघरको मुखको क्यान्सरको अवस्था विकराल रहेकाले यो खोप लगाउनु पर्ने बताउनुभयो ।
खोपको अवस्था हेरेर अन्यत्र पनि सञ्चालन गर्ने बताइएको छ । यद्यपि, अन्यत्रका किशोरीले पनि भेरी अस्पतालमा आएर खोप लगाइरहेका छन् । भेरीमा असोज १० गतेसम्म खोप लगाउने काम भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !