३२ वटा मोबाइलसहित भारतीय पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले चार जना भारतीय नागरिकलाई ३२ वटा मोबाइलसहित पक्राउ गरेको छ ।
जहाजमा काठमाडौं जाने तयारी गरेका भारत मध्यप्रदेशका चार जनालाई प्रहरीले मोबाइलसहित नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भारत अमित सोलंकी, सचिव कुकरेजा, कमल बंसारी र अमित रहेका छन् ।
भारतीयले सेकेन्डहेन मोबाइल भएकाले काठमाडौं बनाउन लैजान थालेको दावी गरेका छन् । बाँके प्रहरीले उनीहरुले चोरेर ल्याएको मोबाइल काठमाडौंमा बेच्न लैजान थालेको आकलन गरेको छ । मोबाइल बोकेका उनीहरु हिजो साँझ ६.५५ बजेको बुद्ध एयरबाट काठमाडौं जाने तयारीमा थिए । प्रहरीले केही अगाडि नै उनीहरुलाई समातेको थियो ।
भिभो, ओप्पो, रेडमी, सामसुङ कम्पनीका मोबाइल छन् । बाँके प्रहरीले आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने तयारी गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !