भेरीमा निशुल्क ‘एचपीभी’ खोप

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा एचपीभी खोप (पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप) लगाउन शुरु गरिएको छ ।
१४ वर्ष पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई यो खोप निशुल्क दिइन्छ । नेपालगञ्जका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाह, प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. पवनजंग रायमाझीलगायतको उपस्थितिमा अस्पतालमा एचपीभी खोपको शुरुवात गरिएको हो ।


अस्पताल विकास समितिका अध्यक्ष शाहका अनुसार, भदौ ३० गतेसम्म यो खोप विहान १० देखि अपरान्ह ४ बजेसम्म दिइने छ ।


error: यो सुविधा उपलब्ध छैन !