सेनाद्वारा नरैनापुरमा वृक्षरोपण

नेपालगञ्ज – नेपाली सेनाले नरैनापुरमा वृक्षरोपण गरेको छ ।
गाउँपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग समन्वय गरेर नेपाली सेनाको बज्रदल गण, इमामनगर ब्यारेक राँझाले वृक्षरोपण गरेको हो ।
नरैनापुर गाउँपालिकाको वडा नं. ४ मा रहेको रंगशाला र वडा नं. १ को आधारभुत विद्यालयमा वृक्षरोपण गरिएको छ ।


वृक्षरोपण कार्यक्रमको श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रकाश थापा र गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले उद्घाटन गर्नुभयो । सहायक रथी थापा र गाउँपालिका अध्यक्ष शाह आफैले वृक्षरोपण गर्नु भएको थियो ।
रंगशालाको छेउछाउमा गुलमोहरको विरुवा लगाइएको छ । आधारभूत विद्यालयमा पनि गुलमोहर र अशोका लगाइएको छ ।


बज्रदल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठका अनुसार, रंगशालामा २ सय ४० वटा र विद्यालयमा एक सय २० वटा विरुवा रोपिएको छ ।


वृक्षरोपण कार्यक्रममा गाउँपालिकाका वडा नं. १ का अध्यक्ष इसाक जोलाह, २ नम्बरका अध्यक्ष मसुद अहमद, ३ नम्बरका अध्यक्ष अजय मिश्र, ४ नम्बरका अध्यक्ष मनोजकुमार शर्मा, ६ नम्बरका वडाध्यक्ष प्रेमचन्द्र मौर्य, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, सशस्त्र प्रहरीका डीएसपी दीपक चन्द, नेपाल प्रहरीका प्रहरी निरीक्षक राजन रायमाझीलगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !