तलाउमा डुबेर मृत्यु

नेपालगञ्ज – खजुरामा तलाउमा डुबेर एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार, खजुरा गाउँपालिका वडा नं. ७ मा खेतमा रहेको तलाउमा डुबेर ४५ वर्षीय शिवराम राढको मृत्यु भएको छ । विहान ११ बजेतिर घाँस काट्न जादा डुबेर बेपत्ता भएका राढको शव तीन घण्टापछि भेटिएको थियो ।
खजुरामा केही दिनअघि विकास सुनारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । जेठीनालामा बेपत्ता भएका उनको शव तेस्रो दिन भेटिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !