वडा नं. ६ मा कांग्रेसको विषेश आन्तरिक अभियान
नेपालगञ्ज – नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरण विषेश आन्तरिक अभियान अन्तरगत नेपालगञ्ज उपमहानगर वडा नं. ६ ले सोमबार छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
नगर प्रतिनिधिका रुपमा खटिएका पार्टी सचिव सुधान्सु कोइराला तथा जिल्लाबाट खटिनुभएकी प्रतिनिधि पुष्पा शुक्ला, नगर कार्यवहाक सभापति धनराज बर्मा लगाएतका अतिथिहरुले संगठन बलियो बनाउन वडा तहमा भएका समस्याहरुलाई सुल्झाउँदै अघि बढ्नुपर्ने बताएका थिए ।
वडा नं.६ कार्यवहाक सभापति राम भारतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाका सक्रिय सदस्य तथा क्षेत्रीय प्रतिनिधि सहित विभिन्न तहका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
वडा सचिव दिलिप रेग्मीले सञ्चालन गरेको कार्यक्रममा जिल्ला सदस्य सुशीला कार्कीले स्वागत गरेकी थिइन् ।