शर्मालाई खोज्न आर्मी परिचालन

नेपालगञ्ज – अगैयास्थित राप्ती नदीमा पिकनिक खान गएको टोलीका एकजना बेपत्ता भएका छन् । पिकनिक खाइसकेपछि नुहाउने क्रममा बेपत्ता भएको आशंका गरिएको छ ।
बैंकर्स र स्थानीय व्यवसायीहरु अगैयामा पिकनिक खान गएका थिए । पिकनिक खाइसकेपछि नुहाउने क्रममा कोहलपुर–१२, चप्परगौडीका शिव शर्मा बेपत्ता भएको आशंका गरिएको छ । शर्माको अगैयामा पसल रहेको छ ।
शर्मा बेपत्ता भएपछि खोजतलासका लागि अपरान्ह नेपाल आर्मीको टोली पुगेको छ । नेपाल प्रहरी र स्थानीयवासीले दिउँसोभरी खोजी गरेका थिए । शर्मा २ बजेतिर बेपत्ता भएको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक रणबहादुर विष्टले पिकनिक खाइसकेपछि नुहाउने क्रममा शर्मा बेपत्ता भएको खबर आएपछि प्रहरीको टोली पुगेर खोजतलास गरिरहेको बताउनुभयो । लामो समयसम्म फेला पार्न नसकेपछि नेपाल आर्मीको टोली खोजतलासका लागि पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !