राप्तीसाेनारी पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषित

नेपालगञ्ज – बांकेकाे राप्तीसाेनारी गाउंपालिका पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषित भएकाे छ ।

अाइतबार एक कार्यक्रमका बीच गाउंपालिकाका अध्यक्ष तप्त पाैडेलले उक्त घाेषणा गरेका हुन् ।

पालिकामा १५ महिनाभित्रका सबै कभरेज र ५९ महिनाभित्रका १ जना शून्य डाेज र ५२ जना ड्रपअाउट थिए । यिनीहरु समेटिएका छन् । जिल्लामा १५ महिनाभित्रका ७ जना शूून्य डाेज र ७९ जना ड्रपअाउट, १६ महिनादेखि ५९ महिनाकाका १ सय ८९ शून्य डाेज र एक हजार दुई सय २२ जना ड्रपअाउटलाई समेटिएका छन् ।

पालिका अध्यक्ष पाैडेलले खाेपबाट कुनै पनि बालबालिकालाई छुट्न नदिइने बताउनु भयाे ।

कार्यक्रममा पालिका उपाध्यक्ष मनिषासिंह थारु, प्रमुख प्रशासकीय अधिकृत अाेमप्रकाश देवकाेटा, स्वास्थ्य कार्यालयका नरेश श्रेष्ठलगायतकाे उपस्थिति थियाे । याेसंगै बांकेका सबै पालिका पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषित भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !