उत्कृष्ठ रक्तदातालाई सम्मान गर्दै रक्तदान


नेपालगञ्ज – २० औं विश्व रक्तदाता दिवसको अवसरमा उत्कृष्ठ रक्तदाताहरुलाई सम्मान गर्दै बाँकेमा वृहद् रक्तदान कार्यक्रमको आयोजना गरिएकाे छ ।
‘नियमित रुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवसको अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके र द रोयल फिटनेश जोनको संयुक्त आयोजनामा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाहको अध्यक्षता तथा नेपाल मानव धर्म भेरी राप्ती कर्णालीका प्रभारी साधना वाईजीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा वाईजी र समाजका अध्यक्ष शाहले १५६ औं पटक रक्तदान गरी उत्कृष्ठ स्वयम्सेवी रक्तदाताहरु गोपीनाथ वैश्य, ७६ औं पटक रक्तदान गर्ने उत्कृष्ठ महिला रक्तदाता सरिता ज्ञवाली, ९५ औं पटक रक्तदान गरी नेपाली पत्रकारहरुमा सबभन्दा बढी रक्तदान गर्ने पत्रकार पवन जायसवाल र धेरै व्यक्तिहरुको ज्यान बचाउने कार्यमा योगदान पुर्याएका सुनिल परियारलाई सम्मान पत्र हस्तान्तरण गरेर सम्मान गर्नु भएको थियो ।
सो अवसरमा नेपाल मानव धर्म भेरी राप्ती कर्णालीका प्रभारी साधना वाईजी, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य गोविन्द वाग्ले, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धनसिंह सम्झना र नेपाल स्वयंसेवी रक्तदाता समाजका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुकेले रक्तदानको महत्वको बारेमा उत्प्रेरणात्मक मन्तव्य राखेर सबैलाई यस्तो महान अभियानमा सहभागी भई हातेमालो गर्न आग्रह गर्नु भयो ।
समाजका कोषाध्यक्ष मनमोहन वर्माद्वारा सञ्चालित उक्त कार्यक्रममा द रोयल फिटनेश जोनका अध्यक्ष अमित मल्ल ठकुरी, डा. विनोद कर्ण, रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, राजकुमार रोैनियार, शेरबहादुर शाही, कमला ओली, भावना शाह, नेपालगञ्ज ग्यालरीका संचालक महेश श्रेष्ठ, समाजका सचिव भीष्म लोद, सुनिल रेग्मी लगायतको उपस्थिति रहेको थियोे ।
उक्त कार्यक्रमको सहआयोजक विगत १८ वर्षदेखि त्रैमासिक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जनमत अर्धसाप्ताहिक थियो ।
उक्त कार्यक्रममा रक्तदान गर्नेहरुमा प्रकाश अधिकारी, कमलेश शाह, महेश लामिछाने, नरेश यादव, अनिकन तिवारी, अमर बहादुर बम, अमित गुप्ता, गोबिन्द सिंह, अबिकल राज, इसान स्याट, दिनेश काफ्ले, कमला ओली क्षेत्री, बिशाल जिसी, निशान्त बुढाथोकी, हेमन्तराज महत, सवी गुरुङ्ग, बिरु थापा, मीन बहादुर शाह, सन्दिप वर्मा, गोपाल, सञ्जय चौधरी, पवन खड्का, भीम पोखरेल, कृष्ण सुवेदी, राजु सुवेदी, भरत बिष्ट, अञ्जली गिरी नवराज खनाल, सञ्जय थापा, पासाङ नुरगु शेर्पा, टोपबहादुर खत्री, सुनील, कविराज चलाउने, सुन्दर क्षेत्री, निशा ओली क्षेत्री, सपना कुवँर योगी, गोरव घर्तीमगर, अनिल चौहान, पवन कुमार पोरवाल, भानु रिजाल, सुमन पण्डित, अमित मल्ल, दिपक थारु, बिजय पाठक, बिवेक मल्ल, स्वास्तिका, अशोक गुरुङ्ग, रोहित राना, एकता युवा क्लबका अध्यक्ष राजेश यादव, पुजा परियार लगायत ५१ जनाले रक्तदान गरेका छन् ।
सो रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, रामभक्त लम्साल, होमराज गिरी, सुनिता कुमाई, सन्दीप आचार्य र केशर सिंह डाँगीले प्राविधिक सहयोग गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !