सिद्धार्थ बिजनेश ग्रुप २२ बर्षमा

नेपालगञ्ज – सिद्धार्थ ग्रुपले हस्पिटालिटी ब्यबसाय सुरु गरेको २२ बर्ष पुरा भएकोे छ । बार्षिकोत्सवका अबसरमा सिद्धार्थ ग्रुपका देशैभर रहेका शाखाले पाहुनाहरुलाई केक खुवाएर स्वागत गरेका छन् ।
नेपालगञ्जको चारतारे होटेल सिद्धार्थमा आयोजित बार्षिकोत्सव कार्यक्रमको शुभारम्भ नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले केक काटेर गर्नु भएको थियो ।
गु्रपका देशैभर रहेका २५ वटा शाखाहरुले अनाथ बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्रीहरु बितरण, रक्तदान, सरसफाई कार्यक्रम गरेर बार्षिकोत्सव मनाएका छन् । नेपालगञ्जको पिस सिद्धार्थ कटेजले बाँकेको संगमनगरस्थित बाल गृहका बालबालिकाहरुलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।
सिद्धार्थ ग्रुपका शाखाहरुमा आयोजना गरिएको रक्तदान कार्यक्रममा करिब २ सय जनाले रक्तदान गरेका छन् ।
बार्षिकोत्सवकै अबसरमा सिद्धार्थ ग्रुपले प्रत्येक शाखाबाट लक्की ड्रबाट २ जना ग्राहकहरु छनौट गरी एक दिनका लागि निशुल्क खाजा, खाना र बसोबासको सुबिधा उपलब्ध गराउने भएको छ ।
त्यसै गरी गुल्मीको तम्धासस्थित रेसुङ्गा बहुमुखी क्याम्पसका छात्रालाई लक्षित गरेर सेनेटरी प्याड मेसिन उपलब्ध गराएको छ ।
कैलालीको टीकापुरबाट २०५४ माघ २३ देखि सानो नास्ता पसलबाट हस्पिटालिटी ब्यबसाय सुरु गरेको सिद्धार्थ ग्रुपका कर्णाली चिसापानी, नेपालगञ्ज, सुर्खेत, बुटबल, चितबनको चुम्लिङटार र काठमाण्डौमा रेष्टुरेन्ट, होटेल, रिसोट, ट्रेड, क्याफे, इष्ट्रिच्युट, कृषि फर्म र सहकारी गरी २५ वटा शाखाहरु रहेका छन् ।
सिद्धार्थ ग्रुपले पश्चिममा महेन्द्रनगर र झापाको बिर्तामोडमा पनि सेवा बिस्तार गरेको ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताउनुभयो ।
२२ औ बार्षिकोत्सवको अबसरमा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी अन्तर्गतका सबै शाखाहरुले ग्रुपले माघ २३ गतेदेखि माघ मसान्तसम्म सबै शाखाहरुमा फुड र बेबरेजमा १५ प्रतिशत छुट दिएको छन् ।
बार्षिकोत्सब कै अबसरमा ग्रुपले आफ्ना शाखाहरुबाट थप गुणस्तरीय सेवाहरु प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !