मेयर भन्नुहुन्छ : दोषीलाई कारबाही हुनुपर्छ

नेपालगञ्ज – नेपालगञ्जका मेयर एवं बागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष डा. धवलशमशेर राणाले मन्दिरको जग्गा व्यक्तिको नाममा गर्नेलाई कारबाही हुनुपर्ने बताउनु भएको छ ।
मेयर डा. राणाले भन्नुभयो, दोषीलाई कारबाही हुुनुपर्छ । निर्दोषलाई अरुले गरेको दोषको सजाय दिनु हुँदैन ।’
व्यवस्थापन समितिले मन्दिरको सम्पतिको संरक्षण गर्न पहल गरिरहेको स्पष्ट पार्दै राणाले पछिल्लो समयमा सरकारबाट भएका निर्णयमा नेपालगञ्ज उपमहानगरपालिका र मन्दिर व्यवस्थापन समिति नजोडिएको बताउनुभयो ।
‘नेपाल सरकारले २०७६ साल जेठ ६ गते सार्वजनिक, सरकारी, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग गठन गरेपछि आयोगको टोलीले आफै नेपालगञ्ज आएर बागेश्वरी मन्दिरलगायतका अन्य जग्गाकोबारेमा अध्ययन अनुसन्धान गरि नेपाल सरकारलाई प्रतिवेदन बुझाएको हो, समितिका अध्यक्ष राणाले भन्नुभयो, समिति गठन गर्ने नेपाल सरकार, सरकारलाई प्रतिवेदन बुझाउने आयोग, आयोगको सिफारिसका आधारमा जग्गा रोक्का राख्ने नेपाल सरकार हो भन्ने बुभ्mन सबैमा आग्रह गर्दछु ।’ उहाँले मन्त्री परिषदको निर्णय कार्यान्वयन गर्ने निकाय नेपालगञ्ज उपमहानगरपालिका र समिति नभएकोमा स्पष्ट हुन सबैमा अपिल गर्नुभयो ।
प्रतिवेदनमा आधारमा गुठीको जग्गा गुठीकै नाममा कायम गर्ने, विभिन्न जिल्लाका जग्गा रोक्का राखी ब्यक्ति विशेषका नामबाट बदर गरि सरकारको नाममा ल्याउने र त्यसखालका जग्गा रोक्का राख्ने निर्णय मन्त्री परिषदबाट भएको सञ्चार माध्यमबाट सार्वजनिक भएपछि आफुहरुलाई जानकारी भएको भन्दै उहाँले सत्यतथ्य बुझेर अघि बढ्न सबैमा अपिल गर्नुभएको छ ।


error: यो सुविधा उपलब्ध छैन !