जिल्ला सम्मेलन गर्दै बाँके कांग्रेस
नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेले जिल्ला सम्मेलन गर्ने भएको छ । कांगे्रस बाँकेले चैत्र १८ गते प्रथम जिल्ला सम्मेलन गर्न थालेको हो ।
कांग्रेस, बाँकेले बिहीबार पत्रकार सम्मेलन गरेर सो बारेमा जानकारी दिएको छ । एक हजार ६ सय प्रतिनिधि सहभागी हुने सम्मेलनको महामन्त्री गगन थापाले उद्घाटन गर्ने कांग्रेस बाँकेका सभापति नारायण गौडेलले बताउनुभयो ।
सम्मेलनमा सांगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतीकरणसँगै प्रजातन्त्र सेनानी, पूर्व पार्टी सभापति, उत्कृष्ट वडा सभापति, महिला वडा सभापति, शहीद परिवार तथा जनआन्दोलन र द्वन्द्वका घाइतेलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनलाई विगतको समीक्षा र आगामी कार्ययोजना प्रस्तुत गर्ने थलोको रुपमा प्रयोग गरिने जिल्ला सचिव सुधांशु कोइरालाले बताउनुभयो ।
कांग्रेस, बाँकेको नेतृत्वले पार्टीलाई प्रभावकारी रुपमा गाउँगाउँमा पु¥याउन र जिल्लामा सबैतिर देखिने, सुनिने र अनुभूति गर्ने कांग्रेस बनाउन सामाजिक र सिर्जनात्मक क्रियाकलापहरु गरिरहेको छ । चुस्त, दुरुस्त र धारिलो संगठन बनाउने कामलाई अभियानको रुपमा अघि बढाउन पार्टीपंक्ति लागिपरेको जनाएको छ ।
बाँकेमा जिल्ला सम्मेलन पहिलो पटक हुन थालेको हो । सम्मेलनमा क्षेत्रीय कमिटिबाट प्रतिनिधिहरु आउने छन् ।