शमशेरगञ्जमा हनुमानकाे मूर्ति

राप्तीसाेनारी – राप्तीसोनारी गाउँपालिका वडा नं. ८, शमशेरगञ्जमा हनुमानको मूर्ति निर्माण गरिएको छ ।

बिहीबार राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले एक कार्यक्रमका बिच हनुमानको मूर्ति अनावरण गरेका हुन् ।

उक्त कार्यक्रममा पूर्वमन्त्री प्रेम बहादुर भण्डारी, गाउँपालिका निवर्तमान उपाध्यक्ष धनीकुमारी खत्री, वडाध्यक्ष शालिकराम डाँगी, विभिन्न संघसंस्थाका प्रतिनिधि, वडा सदस्य, स्थानीय समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी र भक्तजनको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !