४१ शाखामा शाखा प्रमुख मनोनयन
सभापति गौडेलले कानुन शाखा प्रमुखमा उपसभापति कृष्णबहादुर कार्की, अभिलेख, अनुगमन तथा मूल्यांकन शाखा प्रमुखमा सचिव सुधांशु कोइराला, आर्थिक शाखामा यज्ञबहादुर बस्नेत, कार्यक्रम तथा समन्वय शाखा प्रमुखमा सहसचिव रेणुसिंह ठाकुर, विकास शाखामा सहसचिव विनोद थारु र सूचना सञ्चार, प्रचारप्रसार तथा वन वातावरण शाखा प्रमुखमा प्रबक्ता डिल्लीबहादुर गिरीलाई मनोनयन गरेका छन् ।
यस्तै जिल्ला सदस्य रविन्द्रबहादुर हमाललाई संगठन शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । मनप्रसाद आचार्यलाई स्थानीय तह समन्वय शाखा प्रमुखमा मनोनयन गर्दा टंकप्रसाद काफ्ले (आशिष) लाई विद्यार्थी शाखा प्रमुख तोकिएको छ ।
गीता गोदार क्षेत्रीलाई महिला शाखा, शरदचन्द्र बर्मालाई शिक्षा शाखा, अमृतकुमार आचार्यलाई तरुण शाखा, खेमनाथ अधिकारीलाई स्वास्थ्य शााखा, बुद्धिराम थारुलाई थारु शाखा, सुशीला पन्तलाई वित्तिय तथा सहकारी संस्था समन्वय शाखा र अशोककुमार श्रेष्ठलाई पेशागत तथा बुद्धिजिवी शाखा प्रमुखमा मनोनयन गरिएको छ ।
यस्तै प्राकृतिक स्रोत शाखा प्रमुख तिलाकुमारी कार्की, शुभेच्छुक संस्था समन्वय शाखामा लालतादेवी थारु, भूपु सैनिक शाखामा भिमबहादुर विक, पूर्व राष्ट्रसेवक समन्वय शाखामा विरबहादुर विष्ट, अन्य भ्रातृ संघ समन्वय शाखामा पुष्पा आचार्य शुक्ला, साहित्य, कला तथा संस्कृति शाखामा टिकादेवी केसी, द्वन्द व्यवस्थापन समन्वय शाखामा कोकिला शर्मा, मधेश तराई समन्वय शाखामा कुन्नीकुमारी कलवार, पिछडिएको क्षेत्र समन्वय शाखामा सुनिता आले, अल्पसंख्यक, सीमान्तकृत तथा अपांगता भएका व्यक्ति र समुदाय समन्वय एवम् उत्प्रेरणा शाखा प्रमुखमा देवफलप्रसाद यादव र निर्माण व्यवसायी समन्वय शाखामा जलिल अहमद ढपाली मनोनित भएका छन् ।