विजेपी उडिसा उपाध्यक्षद्वारा बागेश्वरीकाे दर्शन

नेपालगञ्ज  – भारतीय जनता पार्टी उडिसाका उपाध्यक्ष अरपिता अराजिता पडजिनाले नेपालगञ्जकाे बागेश्वरीकाे मन्दिरकाे दर्शन गरेकी छन् ।

उडिसाका सांसदसमेत रहेकी अरपिताले बिहीबार सांझ ६ बजे मन्दिरकाे दर्शन गरेकी हुन् । मन्दिरमा अारती चलेकाे बेलामा मन्दिरमा पुगेकी उनलाई केहीबेर बाहिर राखिएकाे थियाे ।

अारती सकिएपछि उनले मन्दिरकाे दर्शन गरेकी थिइन् । सीमावर्ती भारतीय शहर रुपैडियामा अाएकाे बेला विजेपी उपाध्यक्ष अरपिताले नेपालगञ्ज अाएर मन्दिरकाे दर्शन गरेकी हुन् ।

हिन्दु धर्मावलम्बीका लागि बागेश्वरी मन्दिर एेतिहासिक स्थल मानिन्छ । याे नेपालगञ्जकाे धार्मिक पर्यटकीयस्थल पनि हाे ।


error: यो सुविधा उपलब्ध छैन !