जनक शिक्षा सञ्चालन सम्बन्धमा छलफल

खजुरा – नेपाली काँग्रेसका सहमहामन्त्री एवं बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले खजुरा बजारस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखाना भवनको निरीक्षण गर्नुका साथै त्यसको सञ्चालनका लागि आवश्यक विषयमा सम्वद्धहरुसंग छलफल गर्नुभएको छ ।

उहाँले त्यस क्रममा छापाखाना सञ्चालनका लागि आवशयक पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ ।

सहमहामन्त्री राठौरले खजुरा बजारमा रहेको व्याडमिन्टन कभर्ड हललाई स्तरोन्नति गर्न आवश्यक पहल गर्न पनि बताउनु भएको छ ।

स्थलगत अवलोकनका क्रममा खजुरा बजार, क गाउँमा रहेको कभर्ड हलमा पुग्नु भएका सहमहामन्त्री राठौरले कभर्ड हलको स्तरोन्नतिका लागि आफूले तत्काल पहल अघि बढाउने बताउनु भयो ।

उहाँले खेलकुद, स्वास्थ्य, अनुशासन र पहिचानका लागि आवश्यक भएकाले खेल क्षेत्रको विकास जरुरी रहेको बताउनु भयो ।

सहमहामन्त्री राठौरले क्षेत्र नम्बर ३ मा रहेको खेल क्षेत्रको सम्भावनालाई अवसरमा बदल्न खेलाडीहरु तयार हुनु पर्ने र त्यसका लागि सहजीकरण गर्न आफू तयार रहेको बताउनु भयो । त्यस क्रममा उहाँले खजुरा व्याडमिन्टन क्लवका पदाधिकारीसंग पनि छलफल गर्नु भयो ।


error: यो सुविधा उपलब्ध छैन !