५ सय ५४ जनाले लगाए दादुराविरुद्धको खोप

नेपालगञ्ज – नेपालगञ्जको दुई वटा वडाका ५ सय ५४ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार, वडा नं. ५ मा २ सय ९५ र वडा नं. ७ मा २ सय ५९ जनालाई दादुराविरुद्धको खोप लगाइएको छ । वडा नं. ५ बाट दादुरा फैलिएपछि स्वास्थ्य कार्यालय, बाँकेले त्यहीबाट दादुराविरुद्धको खोप लगाउन शुरु गरेको छ ।

स्वास्थ्य महाशाखा प्रमुख चन्दले संक्रमण देखिएका अरु वडाहरुमा पनि खोप लगाउदै जाने जानकारी दिनुभयो ।

नेपालगञ्जमा प्रत्येक महिनाको ६ देखि ११ गतेसम्ममा दादुराविरुद्धको खोप लगाउने गरिन्छ । अहिले संक्रमण देखिएका बालबालिकाले नियमित रुपमा सञ्चालन भएको खोप अभियानमा सहभागी नभएको पाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !