पुस २४ देखि २६ गतेसम्म नेपालगञ्जका विध्यालय बन्द

नेपालगञ्ज – पुस २४ गतेदेखि २६ गतेसम्म नेपालगञ्जका विध्यालय बन्द हुने भएकाे छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले बिहीबार सूचना निकालेर उक्त जानकारी दिएकाे छ ।

अत्याधिक चिसाे बढेपछि नगर शिक्षा समितिले विध्यालय बन्द गर्ने निर्णय गरेकाे हाे । चिसाेलाई मध्यनजर राख्दै जिल्लाका अरु पालिकाले पनि विध्यालय बन्द गरेका छन् ।

दुई दिन यता नेपालगञ्जमा चिसाे बढेकाे छ । शितलहर चलेकाे छ । नेपालगञ्जलगायत केही पालिकाले स्थानीयलाई दाउरा वितरण गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !