मानव बेचबिखन तथा लैंगिक हिंसाबिरुद्ध युवाबीच छलफल
नेपालगञ्ज – मानव बेचबिखन तथा लैंगिक हिंसा बिरुद्धबारे युवाहबीच छलफल गरिएको छ । लैंंिगक हिंसा बिरुद्धको १६ दिने अभियान संचालनकै क्रममा बुधबार बाँकेका युवाहरुलाई अभिमुखिकरण गरिएको हो ।
माइती नेपालको आयोजनामा भएको अभिमुखिकरणमा मानव बेचबिखन तथा ओसार पसार लैंगिक हिंसाको अवस्था, प्रकार जस्ता बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागी युवाहरुले समाजमा बिद्यमान समस्याको समाधानका कारणहरु समेत खोजेका थिए ।
लैंगिक हिंसा न्युनिकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने र भएका कानून कार्यान्वयन हुनुपर्नेमा सहभागी युवाहरुले जोड दिए । यस्तै मानव बेचबिखिन तथा ओसार पसार कार्य बिरुद्ध युवाहरुको मुख्य भूमिकाले कम गर्न सकिने संयुक्त बुझाई प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला युवा क्लब संजाल बाँके, समाज सेवा संस्था नेपाल कोहलपुर, खजुरा, नेपालगञ्ज र डुडुवा गाउँपालिकाका युवाहरुको सहभागिता रहेको अभिमुखिकरणलाई माईती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले सहजीकरण गर्नुभएको थियो ।