श्रीमान ढोकामा बसेर श्रीमतीलाई यौन धन्दा !

तस्बिर : गुगल

नेपालगञ्ज – पैसाका लागि जे पनि गर्न थालिएको छ । नेपालगञ्जमा घटेको घटनाले पैसाका लागि मान्छे जुनसुकै हदसम्म गिर्न सक्छ भन्ने देखाएको छ ।

नेपालगञ्जको एक होटलमा दुई युवती श्रीमान–श्रीमती भएर बस्छन् । श्रीमान भनिएकी युवतीले बाहिरबाट केटाहरु बोलाएर श्रीमतीसँग यौन सम्पर्क गराउँछन् । कोठाको ढोकामा बसेर उनले श्रीमतीसँग यौन सम्पर्क गराएर रकम लिन्छन् ।

केही दिनसम्म चलेको यो घटना प्रहरीकहाँ आइपुग्छ । प्रहरीले दुवैलाई समातेर अनुसन्धान थाल्छ । श्रीमती भनिएकी युवती त्यो श्रीमान बनेकी युवतीलाई छोड्न चाहदिनन् । घर परिवारका सदस्यले आएर सम्झाउदासम्म उनीहरु छुटिन चाहेनन् ।

युवककोजस्तो छोटो कपाल काटेकी श्रीमान भन्ने युवती विवाहित हुन् । श्रीमान छोडेर बसेकी उनले युवतीहरुसँग दोस्ती गरेर यौन धन्दामा लगाउने गरेको पाइएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले एक कार्यक्रममा बेश्याबृत्तिको उदाहरण दिदै यो घटना सार्वजनिक गरेका हुन् ।

एसपी अधिकारीका अनुसार, नेपालगञ्जमा बेश्याबृत्तिका अनेक रुप देखिन थालेको छ । लागु औषधको समेत कुलतमा फसेका बालिका, किशोरी यौनधन्दामा पुगेका छन् । एसपी अधिकारीले दुई दिनअघि राती ११ बजे नेपालगञ्ज बजारबाट केही किशोरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरु तेस्रो-चौथो पटक प्रहरी कार्यालयमा आइपुगेको भेटिएको जानकारी दिनुभयो । ‘प्रहरीले कति समात्ने ? कति दिन राख्ने ? राख्ने ठाउँ पनि छैन, बेश्याबृत्तिमा लागेकाहरु सुध्रिएको पाइएको छैन, एसपी अधिकारीले भन्नुभयो, राती ११÷१२ बजे आफ्ना छोरीहरु कहाँ जान्छन् । के गर्छन् अभिभावकले हेर्नु प¥यो ।’

सीमावर्ती शहर नेपालगञ्जमा लागु औषधी सेवन गर्ने युवतीको संख्या बढ्दो छ । भारतीय बजार रुपैडिहाबाट नेपालगञ्ज आइपुग्ने लागु औषधी सेवनकर्तामध्ये अधिक यौनकर्ममा लागेको अनुसन्धानहरु देखाएको छ ।

सहजै आइपुग्ने भारतीय ग्राहकले गर्दा यौन धन्दा अझ फस्टाएको छ । होटल या कोठा लिएर यौन धन्दा गर्ने गरिएको छ । नेपालगञ्जमा क्यासिनो, डान्सबार बढ्दै गएकाले यौन धन्दा मौलाउदै गएको छ ।

लागु औषधी, यौन विकृतिले समाजलाई गाँज्दै लगेको छ । बाँकेमा एक दिनअघि मात्रै काका पर्नेले आठ वर्षीया बालिकालाई करणी प्रयास गरेका छन् । यसले बालिकाहरु आफन्तबाटै सुरक्षित छैनन् भन्ने देखाएको छ । समाज अपराधीकरण हुँदै गएको यस्ता घटनाहरुले देखाइरहेको छ । यस्ता विकृति विसंगतिका विरुद्धमा समाजका हरेक तह र तप्काका मानिस जागरुक हुन जरुरी देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !