बाँकेलाई सिधा सिहंदरबारसँग जोडेको छु : मन्त्री अथक
नेपालगञ्ज – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेलाई सिधा सिंहदरबारसँग जोडेको बताएका छ्न् । मंगलबार राप्तीसोनारी गाउँपालिका वडा नंं. ६ स्थित चुनावी सभालाई सम्बोधन गर्दै उनले बाँके जिल्लालाई सिधा सिहंदरबारसँग जोडेको बताएका
हुन् ।
‘मलाई पहिलो पटक चुनाव जिताएर यहाँहरुले मन्त्री बन्ने अवसर जुटाइदिनु भएको छु, मन्त्री अथकले भने, ‘मैले क्षेत्रको प्रतिनिधित्व गर्दै बाँकेलाई सिंहदरबारसम्म जोडे सफल भएको छु ।’
आफ्नो ५ वर्षे कार्यकालमा पटक पटक सँसदमा बाँकेका समस्याहरु उठाएको स्मरण गर्दै बाँके क्षेत्र नंं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका मन्त्री अथकले भने, बाँकेको पहुँच सिधै सिहदरबारसम्म स्थापित भईसकेको छ । यहाँको बिकासका निम्ति म सधैं प्रतिबद्ध छु, फेरि पनि निर्वाचित गराएर उक्त जिम्मेवारी दिनुहुनेछ भन्ने आशा लिएको छु ।’
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य पदकी उम्मेदवार कृष्णा केसी नमुनाले राप्तीपारीको विकासका र परिवर्तनकालागी आफुले विभिन्न पहलकदमी चालेको बताउदै राप्तीसोनारी र नरैनापुरको समग्र विकास र परिवर्तनका लागि आफु कटिबद्ध भएर लागेको बताइन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा समानुपातिक उम्मेदवार संगिता थारुले वामलोकतान्त्रिक गठनबन्धनका उम्मेदवारहरुलाइ विजयी गराएमा मधेसी मुस्लिम दलित र महिलाका अधिकार सुरक्षित हुने बताइन् ।
राप्तीसोनारी वडा नंं. ६ निर्वाचन परिचालन सिमितिी संयोजक गोविन्द दहितको सभापतित्वमा भएको कार्यक्रममा बाँके निर्वाचन क्षेत्र नंं. १ नेपाली काँग्रेस सभापति पोषण केसी, बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकताहरु र स्थानीयवासीको सहभागीता रहेको थिए ।