माअाेवादीकाे क्षेत्र नं. ३ क काे उम्मेद्वार दलबहादुर
नेपालगञ्ज – माअाेवादी केन्द्रका खजुरा र बैजनाथ गाउंपालिकाका नेताहरुले स्वतन्त्र उम्मेद्वार दलबहादुर सुनार अाफ्नाे पार्टीको अाधिकारिक उम्मेद्वार भएकाे बताएका छन् ।
दुई गाउंपालिकाका अध्यक्ष, निर्वाचन कमिटिकाे बिस्तारिक बैठकले उक्त निर्णय गरेकाे नेताहरुले सार्वजनिक गरेका छन् ।
बैजनाथ गाउंपालिकाका अध्यक्ष जयबहादुर विश्वकर्मा, खजुरा गाउंपालिकाका अध्यक्ष राजकुमार विक, प्रदेश क निर्वाचन क्षेत्र नं. ३ का संयाेजक दिपेन्द्र शाह र सचिव महेन्द्रबहादुर शाहीले प्रेस विज्ञप्ती निकालेर जानकारी दिएका छन् ।
माअाेवादीले क्षेत्र नं. ३ क मा अाइपी खरेललाई उम्मेद्वार बनाएकाे छ । माअाेवादीकाे स्थानीय कमिटिले खरेललाई स्वीकार गरेकाे छैन । हालै पार्टी प्रवेश गरेका स्वतन्त्र उम्मेद्वार सुनारलाई याे समूहले उम्मेद्वार बनाएकाे छ । पार्टीको जिल्ला नेतृत्व अहिलेसम्म माैन बसेकाे छ । माअाेवादीकाे याे विवादले प्रदेश र संघ कै निर्वाचनमा असर पर्ने देखिन्छ ।