बर्दियामा एमालेको लक्ष्मण रेखा कोर्दै ज्ञवाली

बर्दिया – २०३७ साल ताका बाँके र बर्दिया तर्फ चलेका पाईला एक जना कम्युनिष्ट कार्यकर्ता यतिबेला राष्ट्रियता र देशको विकासका लागी चुनावी मोर्चामा बर्दियामा उम्मेद्वार छन् । अर्थात उनि हुन् लक्ष्मण ज्ञवाली ।

वि.सं.२०३८ साल देखि कम्युनिष्ट आन्दोलनका अथक यात्री ज्ञवाली संसदीय ब्यवस्थामा चुनावी मैदानमा होमिएका छन् ।
बर्दियाको राजनीतिक गतिविधिमा सक्रिय रहेका ज्ञवाली ०४४ साल ताका बाँके– बर्दिया माले संयुक्त जिल्ला कमिटिमा आवद्ध भएर संगठनको काममा खटिएका हुन् उनी । उनको सादगी र संगठनको निरन्तरता लोभ लाग्दो छ ।

संगठनमा काम गर्दा ६ वर्ष दाङको जेलमा बसे । लोकतन्त्र प्राप्तका लागी भएका हरेक आन्दोलनका अग्रणी मोर्चामा जनताको अधिकारका लागी रहेर काम गरेका ज्ञवाली पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलनमा लागेका कारण नेपालगञ्जमा डेढ वर्ष कारावास बस्नु परेको थियो ।

नेकपा एमालेको केन्द्रिय स्कुल विभागमा लामो समय काम गरेको अनुभवले पनि उनिमा कम्युनिष्ट ब्यवहार, आचरण र संगठन परिचालनको गुण पर्याप्त छन् ।
कर्णालीको विकटतामा पनि संगठनका लागी समय खर्चेका ज्ञवाली संगठनमा अहोरात्र खटिएका नेता हुन् ।
बर्दिया १ मा सासंद पदका लागी एमालेका तर्फबाट उम्मेद्वारी दिएका छन् ज्ञवालीले । सत्तारुढ दलहरुसँग राजनीतिक र विकासका कुनै योजना नै नभएको दावी गर्दै आप्mनो दलले चुनाव जित्ने आधारका रुपमा राष्ट्रियता र देशको विकास गर्ने खाका रहेको समेत बताउँछन् ज्ञवाली ।

यतिबेला ज्ञवाली लड्दै गरेको क्षेत्र अघिल्लो पटकको संसदीय निर्वाचनमा एमालेका वामदेव गौतमलाई नेपाली कांग्रेसका सञ्जय गौतमले पराजित गरेको क्षेत्र हो ।

कांग्रेसका गौतमले ४४ हजार ८ सय २९ मत प्राप्त गर्दा एमालेका वामदेवले ४४ हजार ७६ मत पाएका थिए ।

चुनावी अभियानमा मतदाताहरुसँग ज्ञवाली भन्छन –हामी विकास र राष्ट्रियताका विषयमा कुनै सम्झौता हुँदैन ।
सत्तारुढ गठबन्धन सँग प्रधानमन्त्री आलो पालो बाँड्ने नेताहरुको सहमति बाहेक जनताको विषयमा कुनै साझा धारणा नभएकाले जनता भ्रममा नपर्न आग्रह गर्दै ज्ञवालीले भने –सिद्धान्त र कार्यशैली नमिल्ने दलहरुको सत्ता गठबन्धन अप्राकृतिक हो ।

नेकपा एमाले केन्द्रिय कमिटि सदस्य रहेका ज्ञवाली लुम्विनी प्रदेश सह इन्चार्ज हुन् । उनी बर्दिया जिल्ला ईन्चार्जको भूमिकामा रहेर पनि काम गरिरहेका छन् ।

सुकुम्वासी र गरिव जनताको अधिकार प्राप्तिको आन्दोलमा उर्जा थप्न उनि कहिल्यै चुक्दैनन् ।

बर्दियाका निकुञ्ज प्रभावित जनताको हकका लागी उनी अहिले पनि लागी परेका छन् । नेकपाको सरकारले ल्याएको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारामा देशलाई गोलबद्ध बनाउने लक्षण रेखा कोर्न प्रयासरत छन् बर्दिया १ मा एमाले उम्मेद्वार ज्ञवाली ।


error: यो सुविधा उपलब्ध छैन !