केगाउँमा एक लाख राशीको फुटबल प्रतियोगिता

नेपालगञ्ज – भारत लखनउको साहरा एफसी र एकेडेमीका व्यवस्थापक धनबहादुर ओलीले स्व.दाजु तेजबहादुर ओलीको सम्झनामा एक लाख राशीको फुटबल प्रतियोगिता आयोजना गरेका छन् ।

खजुराको केगाउँमा आयोजित स्व. तेजबहादुर ओली मेमोरियल फुटबल प्रतियोगितामा भारतका दुईसहित १४ वटा टीमले भाग लिएका छन् । केगाउँमा अहिलेसम्मकै ठूलो धनराशीको फुटबल प्रतियोगिताको बिहीबारको खेलमा रारा चिसापानी र रेसिङ साहरा कोहलपुर विजयी भएका छन् ।

राराले न्यू बागमतिलाई ट्राइबेकरमा ५–४ गोलले पराजित गरेको थियो । निर्धारित समयमा यी दुई टोलीले गोल गर्न सकेका थिएनन् । दुवै टोलीले राम्रा–राम्रा अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेलको निर्णय ट्राइबेकरबाट भएको थियो । जसमा राराले बाजी मा¥यो ।
अर्को खेलमा रेसिङले संघारी एफसीलाई २–१ गोलले पराजित गरेको छ । रेसिङले शुरुदेखि नै दबाबमा राखेपनि संघारीले केही राम्र अवसर सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।

भारतको साहरा एफसी र यु–१७ समेटिएको साहरा एकेडेमीले प्रतियोगितामा भाग लिएको छ । अरु १२ वटा क्लव जिल्लाका छन् । समाजसेवी रहेका स्व. दाजु तेजबहादुर ओलीको सम्झनामा धनबहादुरले एक लाख एक हजार राशीको फुटबल प्रतियोगितामा आयोजना गरेका हुन् । दोस्रो हुनेलाई ५१ हजार पुरस्कार राखिएको छ । उत्कृष्ट किपर, डिफेन्स, मिडफिल्डर र स्ट्राइकरलाई पनि पुरस्कार राखिएको छ ।

केगाउँमा पनि ठूलो धनराशीको फुटबल प्रतियोगिता हुँदा खेलाडी र फुटबलप्रेमी उत्साहित भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !